गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १ असार । वीरगञ्जसहित समग्र तराईकालागि डुबान नौलो कुरा होइन । यहाँकानागरिकले हरेक वर्षको वर्षायाममाबर्षासँगै पौठेजोडी खेल्दै विताउने गर्छन् । सुत्ने कोठासम्मको पानीफाल्दै ओढ्ने ओच्छ्याउने कपडासहित, खाद्यान्न र लत्ताकपडालाई उचाईको ठाउँमा राख्दै वर्षायामको दैनीकी यस भेगकानागरिकले चलाउँछन् ।

brj thori hulaki sadak - yatra (1)
पर्सा जिल्लाको वीरगञ्जमहानगरपालिकासहित १४ वटै स्थानीयतहकाबासिन्दाहरु डुबानबाट अछुत हुँदैनन् । यस वर्षको मनसुनभित्रिएसँगै वर्षा हुने क्रम नरोकिएपछि वीरगञ्जसहितको जनजिवनप्रभावितभएको छ ।
मनसुनीवायु सक्रियभएर केहीदिननिरन्तर परेको वर्षाकाकारण डुबानमा परेको वीरगञ्जसहित समग्र तराई क्षेत्र लगभग १ सातासम्मको गर्मीले सुकीसकेको अवस्थामापुनःमंगलवार राति परेको वर्षाले वीरगञ्जजलमग्नबनेको छ । वर्षायाममायहाँकानागरिकले वर्षेनी सास्ती खेप्नुपर्ने बाध्यता छ । वर्षाकाकारण डुबान हुनु, घरभित्रै पानी पस्नुदेखि बाटो हिलाम्यहुँदा छोटो दुरीको बाटो पनि घुमेर लामो दुरीको भएर जानुपर्ने अवस्था छ ।
वीरगञ्जको आदर्शनगर, छपकैया, बिर्ता, नगवा, मुर्ली, रानीघाट, राधेमाई लगायतका क्षेत्रमा डुबान भएको छ । वीरगञ्ज बजार भन्दापनि पर्सा जिल्लाको ग्रामिण क्षेत्रको जनजिवन अँझै प्रभावित भएको छ ।
पर्साको जिराभवानी गाउँपालिका १ पिपरा टोल नै डुबानमा परेको छ । वर्षामा पानीको निकास सहज ढंगले हुननसक्दा डुबान हुने गरेको हो । मंगलवार राति परेको अविरल वर्षाकाकारण लाटेगाँडा खोलामा आएको बाढीका कारण पिपरा टोल डुबानमा पर्दा १६ जना स्थानीयको घर डुबानमा परेको छ ।
त्यसैगरी, पर्साको ठोरी गाउँपालिका ४ अन्र्तगत पर्ने गोपीवस्ती क्षेत्रमा पर्ने वीरगञ्ज–ठोरी हुलाकी सडक खण्डमा पनि वर्षाकाकारण क्षतिपुगेको छ । गोपी बस्तीमा ओरिया खोलाले नदि कटान गर्दै नदिकिनाराको तटबन्धन भत्काउँदा कालो पत्रे सडक पनि बाढीको जोखिममा परेको छ ।
सडक पेटी कटान गरिसकेको नदिले करिब १ सय मिटर लम्वाईमा क्षति पु¥याउदै कालोपत्रे कटान गर्न थालेको छ । उक्त क्षेत्रमा तत्कालै नदिको धार परिवर्तन गर्न नसके कालो पत्रे सडक बगरमा परिणत हुने जोखिम बढेको स्थानीय बताउँछन् ।
हरेक वर्षको वर्षा याममा यहाँका नागरिक राती त्रासमा बाँच्नुपर्ने बाध्यता छ । कुनबेला बाढी आएर बगाउने हो भन्ने पिरले पिरोली रहेको जिराभवानी गाउँपालिका स्थानीय मनमोनहन सिँह बताउँछन् । डुबानको दीर्घकालिन समाधानको लागितिनतहकै सरकार गम्भिर हुनुपर्ने तराईवासीको माँग छ ।