गमक पाेस्ट सम्वादाता / वीरगञ्ज, १५ असार । वीरगञ्ज महानगरपालिका २७ उदयपुर घुर्मीस्थित श्री ब्रहमदेव आधारभूत विद्यालय भवनको नगरप्रमुख विजयकुमार सरावगीले एक समारोह विच उद्घाटन गरेका छन् । ३० लाख रुपैयाँको लागतमा निर्मित ४ कोठ भवनको नगरप्रमुख सरावगीले मंगलवार एक कार्यक्रमकाबिच उदघाटन गरेकाहुन् । विद्यालयको बाउण्ड्री वाल निर्माणका लागि ९ लाख, शौचालय निर्माणका लागि ७ लाख र खेल मैदानमा माटो पुर्नकालागि २ लाख रुपैयाँ उपलब्ध गराइएको नगरप्रमुख सरावगीले बताए ।
उदयपुर घुर्मीमा प्लस टु सम्मको पढाईहुने विद्यालय नहुँदा समस्या भएको र याँहाका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यता रहेको हुँदा आफ्नै कार्यकालमा उक्त विद्यालयमा प्लस टु सञ्चालन गर्ने प्रतिबद्धता पनि नगरप्रमुख सरावगीले व्यक्त गरे । त्यसैगरी आगामी वर्ष नेपाल सरकारको बजेटबाट १२ कोठे भवन निर्माणका लागिपनि पहलगर्ने नगरप्रमुख सरावगीले बताए ।
विद्यालय भवन उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सहाद प्रसाद यादव, जनता समाजवादी पार्टीका आरपी यादव, ज्योती यादव, वडा नम्बर १२ का अध्यक्ष रामदरश कुश्वाहा, वडा नम्बर २७ का नेपाली कांग्रेस बुथ सभापति बिरेन्द्र लाल कर्ण, कांग्रेसका नेता हृदयनारायण कुर्मी लगायतको उपस्थिती रहेको नगरप्रमुख सरावगीका स्वकिय सचिब पिन्टु उपाध्यायले जानकारी दिए ।