गमक पाेस्ट सम्वादाता / वीरगञ्ज १५ असार । मंगलवार बिहान परेको चट्याङ्का कारण पर्सामा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
पर्साको पटेर्वासुगौली गाउँपालिका ४ पथरैयामा भैँसी चराउन गएको बेलामा परेको चट्याङ् लागेर सखुवाप्रसौनी गाउँपालिका ४ देवरबाना निवासी ५५ वर्षीय रघुबिर यादवको मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।
त्यसैगरी वर्षासँगै परेको चट्याङ् लाग्दा पटेर्वासुगौली गाउँपालिका १ गदियानी बस्ने २७ वर्षीय रोसलान गद्धीको मृत्यु भएको छ । मंगलवार बिहानै परेको चट्याङ्का कारण जिराभवानी गाउँपालिका ३ जितपुर बस्ने ५० वर्षीय असतुरनी देवी थरुनीको मृत्यु भएको इलाकाप्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजुबाबु यादवले जानकारी दिए ।
चट्याङ् लागेर पटेर्वासगौली गाउँपालिका १ का राजबली गद्ध घाइते भएका छन् । घाइते गद्धीलाई उपचारकालागि नारायणी अस्पताल पठाइएको इलाकाप्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताए ।