गमक पोष्ट समाचारदाता / बर्दिवास, १४ असार । महोत्तरीमा चट्याङ लागेर एम महिला सहित दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मनरासिस्वा नगरपालिका ४ साढाका ५९ वर्षिय प्रेमशिला देवी र वडा नम्बर ५ कटैयाका ८० वर्षिय विषेश्वर रायको चट्याङ्ग लागेर घटनास्थलमै मृत्यु भएको हो ।
भैंसी चराउन गएका बेला राय र खेतमा मल छर्दै गर्दा प्रेमशिलालामाथि चट्याङ लाग्दा दुवै जनाको घट्नास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।
यस्तै, मनरासिस्वा नगरपालिका ४ मै चट्याङ् लागेर एक जना घाइते भएका छन् । भैंसी चराउन गएकी स्थानीय कारी यादवकी १२ बर्षीया छोरी आशा कुमारी घाइते भएको प्रहरीले जनाएको छ ।
उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । भैंसीको भने चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएको जनाएको छ ।