गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १३ असार । भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष देवी प्रसाद ज्ञवालीले विगतका आयोगहरुले अधुरा राखेका कामहरु अहिलेको आयोगले पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आयोगको पर्सा कार्यालयले आईतबार आयोजना गरेको स्थानीयतहसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्वोधन गर्दै अपुरो राखेको कामहरु यो पटक पुरागरिने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल सरकारको ऐनअनुसार यो नै अन्तिम आयोग भएको बताउँदै अध्यक्ष ज्ञवालीले कार्तिक मशान्तभित्र जिल्लामा अधुरा रहेका लालपुर्जा वितरण गर्ने बताए । उनले सरकार परिवर्तन भएपनि आयोग रहीरहने भएकाले सवैकाम सम्पन्न गरिने जनाए ।
कार्यक्रम माजिल्ला समनवय समिति पर्साका संयोजक नेक महमद अन्सारी, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजारा लगायतले भूमि सम्बन्धी समस्याहरुको समाधानमा आयोगले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख, नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष, स्थानीयतहका प्रशासकिय अधिकृत, भूमि सम्बन्धी कामगर्ने स्थानीयतहका फोकल पर्सन लगायतको उपस्थिती रहेको कार्यक्रममा आयोग पर्साका विज्ञ सदस्य शिवजी गुप्ता र केन्द्रिय अध्यक्ष ज्ञवालीका स्वकिय सचिब सोम कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला समन्वय अधिकारी छबीरमण भट्टराईले स्वागतम न्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण लेखापाल निशा दाहालले गरेकीथिइन् ।