गामक पोष्ट समाचारदाता / वीरगञ्ज, १ ३ असार । जो कोहीले पनि चाहन्छ आफ्नो घर अगाडीको बाटो राम्रो, सफा र बलियो होस् । तर वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ निवासी अनिल प्रसाद कलवारको आफ्नै घर छेउको सडक जीर्ण बनेको छ । कलवार आफै भने महाविर कन्स्ट्रक्शनका सञ्चालकहुन् । जुन सडकको निर्माण गर्ने ठेक्का पनि कलवारले नै पाएका छन् ।

आफ्नै घर छेउको घण्टाघरदेखि जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) हुँदै रानीघाट जाने सडक ठेक्का स्विकारेको ५ वर्ष वितिसक्दा समेत निर्माण नगर्नेले अन्यत्रको सडक कसरी बनाउलान्, सहजै अनुमान लगाउन सकिन्छ ।

करिव १ किलोमिटर सडकको दुरावस्थाका कारण सर्वसाधारणले सास्ती खेपीरहेका छन् । रानीघाटदेखि रामगढवा मात्रै नभएर १४ वटै स्थानीयतहका दैनीक हजारौ सर्वसाधारण र २ तथा ४ पाङ्ग्रे सवारी साधनहरु ओहोरदोहोर गर्ने सडक जीर्ण बन्दा नागरिककलाई समस्याभएको हो ।

शहरी विकास मन्त्रालय अन्र्तगत वीरगञ्जभरी ५२ किलोमिटरमध्ये २७ किलोमिटर पप्पु कन्स्ट्रक्शन र २५ किलोमिटर महाविर कन्स्ट्रक्शनले जिम्मालिएका छन् । आदर्शनगर, श्रीपुर, मुर्ली, लिंकरोड लगायत विभिन्न स्थानको सडक निर्माण भएपनि रानीघाटको सडक मर्मततर्फ भने ध्यानजान सकिरहेको छैन ।

११ मिटर २० सेन्टिमिटर चौडाई बनाउनुपर्ने सडकको साइट क्लीरेन्स नभएको हुँदाकाम शुरु गर्न समस्या भएको निर्माण कम्पनीले बताउँदै आएको छ । तर
तावीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी र वडा नम्बर ९ काअध्यक्ष मनोज कलवारले सडक मर्मतको काम शुरु भएकै दिन डोजर लगाएर साइट क्लीरेयन्स गराउने र घरको हकमाभने यथावतकाम अघि बढाउन निर्माण कम्पनीलाई पत्र पठाएर निर्देशन दिएका छन् ।

वर्षा याममा हिलो र पानीले भरीएको सडक नबन्दा पैदलयात्रुदेखि साइकल, मोटरसाइकल यात्रुहरुलाई आवतजावतमा कठीनाई भइरहेको स्थानीय सञ्जय थापा बताउँछन् ।

महाविर कन्स्ट्रक्शनका सञ्चालक कलवारले भने नगरपालिकाले पठाएको पत्रभन्दापनि शहरी विकास मन्त्रालयबाट आउने पत्र आधिकारीकहुने बताए । शहरी विकास मन्त्रालयमा नगरपालिकाले पत्र पठाइसकेपनि शहरी विकास मन्त्रालयले पत्र नपठाउँदा सडक निर्माणमा अविलम्ब भइरहेको कलवारको भनाई छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, १० र ११ को सीमामा पर्ने सडकको बारेमा वडाअध्यक्षहरु क्रमशमनोज कलवार, रामनगिना साहकानु रप्रधुमन सेढाई, नगरपमुख सरावगी र निर्माण कम्पनीका कलवार लगायतले एक अर्कामाथी आरोप प्रत्यारोप र दोषारोपण गर्दा स्थानीय आक्रोशित बनेकाछन् ।

सोही बाटोमा पर्ने घण्टाघरदेखि सिडियो अफिससम्मको लगभग २ सय मिटर सडक प्रमुख जिल्ला अधिकारीको दवावमा बनेपनित्यो भन्दा अगाडीको बाटो नबन्नु वडाअध्यक्ष र जनप्रतिनिधिको लागि लज्जास्पद भएको सोही टोलमा रहेको जिवनज्योती माविका सञ्चालक शिव गुप्ताको प्रतिक्रिया छ ।