गमक पोष्ट समाचारदाता / राजविराज, ४ असार । नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) सप्तरीले राजविराजमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा दुई दर्जन भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका छन् ।
जनयुद्धकालमा सहादत दिएका रमेश राम, दशरथ ठाकुर लगायतका शहिदहरुको स्मृतिमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादवसहितका व्यक्तिहरुले रक्तदान गरेका हुन् ।
जिल्ला अध्यक्ष उमेश यादवको अध्यक्षता आयोजित रक्तदान कार्यक्रममा युबा नेता बलराम यादव, बिनोद यादव, भान्नालाल यादव, मोहन यादव,जय नारायण मण्डललगायतले रक्तदान गरेको माओवादी केन्द्र सप्तरीले जानकारी दिएका छन् ।
कोभिड–१९ को महामारीका बेला रगतको अभाव भई विरामीहरुलाई समस्या भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) सप्तरीले रक्तदान गरेर सही समयमा सही काम गरेको रक्तसञ्चार केन्द्रका इन्चार्ज नबिन झाले बताए ।