गमक पोष्ट समाचारदाता / सप्तरी, २ असार । सप्तरीको बलान नदीले बगाएका एक बालकको शव भारतमा फेला परेको छ । खेतमा काम गरिरहेका दाजुलाई भात पु¥याउन गएका बलान बिहुल ४ वेल्हीका कृष्णदेव भण्डारीका १५ वर्षिय छोरा सन्तोष भण्डारीलाई नदीमा आएको बाढीले बगाएको हो ।
नदीपारि खेतमा काम गरिरहेका दाजु सुनील भण्डारीलाई भात पु¥याएर फर्किने क्रममा सन्तोषलाई बाढीले बगाएको स्थानीयवासीले बताएका छन् । नदीले बगाएको केही घण्टापछि सन्तोषलाई भारतको बिहार राज्यका बलानपट्टी गाउँका मानिसहरूले नदीबाट निकाल्दासम्म उनको ज्यान गइसकेको थियो ।
मृतक बालकको शव पोस्टमार्टमका लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले बताए ।