गमक पोष्ट समाचारदाता / काठमाडौं, २ असार । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु मेलम्ची क्षेत्रबाट कौयौं मानिस विस्थापितहुनुका साथै सात जनाको मृत्यु भएको छ । मंगलबार साँझदेखि आईरहेको बाढी र पहिरोमा हाल सम्म सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिएको हो ।
उनले प्रहरी, सेना र जनप्रतिनिधिले दिएको विवारण अनुसार अहिलेसम्म सात जनाको मृत्यु भएको बताए । उनका अनुसार विवरणहरु आईरहेकोले अहिलेसम्को विवरण अनुसार सात जनाको मत्यु हुनुको साथै पुल, झलुङ्गे पुलहरुमा क्षेति पुगेको बताएको छ ।
हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गरी उद्धारकार्य सुरुगरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनले हेलिकोप्टरको सहयोगले मेलम्ची क्षेत्रमा फसेकाहरुको उद्धारको प्रयास भईरहेको जनाए ।
मेलम्चीमा पानीको बहाव नघटेको उनले जोखिम अझै कायम रहेको बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले अनुरोध गरे ।