गकम पोष्ट समाचारदाता / काठमाडौं, २ असार । मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले धनजनको ठूलो पु¥याएको छ । मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ ।
बजारक्षेत्रमा रहेका पक्की बाहेकका सवै घर टहराहरु बगाई सकेको छ । मेलम्ची र इन्दाबतीको विचमा रहेको कवर्डहल पनि बगाएको छ । पक्की घरका पनि तल्लो तल्लासम्म बाढीको पानी बगीरहेको छ ।
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ । बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन् ।
पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे–नपुगेको पनि एकिन भएको छैन । बाढीले ५० औँ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पू¥याएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
प्रहरीले भने घटनाको एकीन तथ्य आईनसकेको बताएको छ । रातभरी बाढी आईरहेको, सवै सडक सञ्जाल क्षतविक्षत भएको र विद्युत अवरुद्ध भएको जनाएको छ । विहान हुनेवित्तिकै सवै सुरक्षा निकाय उद्धारका लागि परिचालन गरिएको जनाएको छ ।
उनले यो प्राकृतिक विपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुट्न अपिल गरेका छन्। ‘सरकारले आजै टेण्ट र खाध्यान्न जुन–जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ उहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु ।’ तामाङले फेसबुकमार्फत भनेका छन्, ‘अन्तराष्ट्रिय समुदायलाई यो विपत्तिमा साथ दिन अपिल गर्दछु ।’
खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन तामाङले अपील गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको र स्थानीय जुटेका छन् ।
फोटोहरु सवै सामाजिक सञ्जालबाट