- सुरेश राय
सिरहा, १ असार । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले स्थानीयले जग्गा र विद्यालयलाई व्यवस्थित बताए पूर्वाधार विकासको लागि आफू जहिलेपनि सहयोग गर्न तयार रहेको बताएको छ । गोलबजार नगरपालिका ७ कदिपमा टोलमा रहेको आधारभुत बिद्यालय भवनको एक समारोह विच शिल्यान्यास गर्नेक्रममा विद्याल व्यवस्थापन समितिले आवश्यक जग्गा र विद्यालयमा विद्यार्थी जम्मा गर्न सके आफ्नो तर्फबाट सक्ने सवैखालको सहयोग गर्न तयार रहेको बताएको हो ।
मन्त्री श्रेष्ठले विद्यालयजस्तो बालबालिकाको भविष्य निर्माण गर्ने थलोलाई राम्रो बनाउन हामी तपाई सवैको दायित्व रहेको बताए । उनले भने, ‘तपाइँहरुको तर्फबाट गर्ने काम तपाइँहरु गर्नुहोस्, मैले गर्नुपर्ने सकेजती म गछु ।’
कक्षा ५ सम्म पढाई भईरहेको विद्यालयमा भवन अभाव भएकाले रास्ट्रपति विकासकोषबाट विद्यालय सुधार कार्यक्रमअन्तरगत १८ लाख लगानीमा निर्माण हुन लागेको उपभोगता समितिका अध्यक्ष रामदुलार यादबले बताए । उनले हामी विद्यालयलाई नमुना बनाउने अभियोन सहित लागेको बताउँदै आउँदो दिनमा यसलाई इङ्लिस माध्यमबाट पठन पाठन गर्ने उदेश्य लिएको बताए ।