- शम्भु चौधरी
लाहान ३० जेष्ठ। सिरहा धनगढीमाई नगरपालिकाको नयनपुर अस्पताललाई शनिवार एक कार्यक्रम बिच कोभिड १९ स्वास्थय सामाग्रीहरु हस्तानतरण गरिएको छ ।
हेरसा नेपालको सहयोगमा कोभिड १९ होस्पिटल सहयोग ईन किड गिफट कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य सामाग्री अस्पताललाई सहयोग गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै हेरसा नेपालको कोर्डिनेटर मो। जलालुलिदिनले कार्यक्रमको उदेश्य वारे प्रकाश पारेको थियो ।
कार्यक्रममा बोल्दै एच एच आर डि नेपालका निर्देशक जिवा पोखरेलले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
साथै हेरसा नेपालका निर्देशक डा। नसिम अहमदले आफ्नो मन्तव्य राख्दै भने । हामी कुनेै बाहिरका मान्छे छैनौ । हामी यहि जिल्लाका हौँ । अस्पताललाई चाहिने सामाग्री हामी पटक पटक दिने प्रयास गर्ने प्रतिबद्घता जनाउनुभयो ।
कार्यक्रम बिच सम्झौता कागजातमा हेरसा नेपालको तर्फबाट जिवा पोखरेल र धनगडीमाई नगरपलिकाको तर्फबाट नगर प्रमुख हरिनारायण चौधरीले हस्ताक्षर गरेको हो ।
कार्यक्रम नगर प्रमुख हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख आतिथ्यको आसनबाट नगर प्रमुख चौधरीले भने । सुतकेरी सेवामा नगरपालिका देखि वरियारपट्टि सम्मका मानिसहरु सेवा लिइरहेका छन् । यस अस्पताललाई राम्रोसंग संचालन गर्न विभिन्न सहयोगी हातहरु सहयोग गरिरहेका छन् । नगर प्रमुख चौधरीले अस्पतालको सेवा सुविधाको बारेमा समेत जानकारी दिए ।
कार्यक्रममा नगर स्वास्थ्य प्रमुख सुरैत चौधरीले स्वास्थ्य सामाग्री पाएपछि कसरी उपयोग गर्ने र कसरी सुरक्षित राख्ने यता तिर हामी सवैलाई लाग्नुपर्छ । यो हामी सवैको जिम्मेवारी हो ।
धनगढीमाई नगरपालिकाको तर्फबाट सहयोगी संस्थालाई सम्झना स्वरुप सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम नयनपुर अस्पतालको संचालक समितिका संयोजक प्रकास योञ्जनको अध्यक्षतामा सम्मपन्न भएको थियो ।