पश्चिम भारतको पुनेनजिकै एउटा रसायन कारखानामा आगो लाग्दा कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
कारखानाबाट धुवाँको मुस्लो निस्किएपछि दमकल पठाइएको थियो। अग्निनियन्त्रकहरूले कारखानाको पर्खाल भत्काएर भित्र फसेका मानिसलाई बाहिर ल्याएका थिए। आगलागीको कारण स्पष्ट नभएको अधिकारीहरूले बीबीसी मराठीलाई बताएका छन्।
उक्त कारखाना एउटा औद्योगिक क्षेत्रमा छ जहाँ अरू कारखाना पनि छन्। त्यहाँ काम गर्ने कामदारीहरू नजिकै बस्छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्। उनले घाइतेलाई केही राहत उपलब्ध गराइने बताएका छन्।
महाराष्ट्र राज्यको सरकारले पनि पीडितको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ।
बीबीसी अनलाईनबाट ।