गमक पोष्ट समाचारदाता / सिरहा, २४ जेष्ठ । गोलबजार अस्थाई कोभिड अस्पतालको लागि हेसरा नेपाल नामक संस्थाले कोभिड १९ उपचारमा उपयोग पुग्ने करिव ३ लाख मूल्य बराबरको विभिन्न स्वास्थ्य सामाग्री सहयोग पगरेको छ । कोभिड १९ को उपचारमा सहयोग पुर्याउने उदेश्य सहित संस्थाले नगर प्रमुख देवनाथ साहमार्फत अस्पतालाई अक्सिजन सिलिण्डर, अक्सिजन फ्लो मिटर, पल्स अक्सोमिटर लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ को सङ्क्रमण जोखिम अझै रहेकाले संस्थाले प्रदेश २ अन्तर्गत प्रत्यक जिल्लाको एउटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने योजना अनुसार गोलबजार नगरपालीकाद्वारा सञ्चालित अस्थाई कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर ४७ केजिको ४ थान, अक्सिजन फ्लो मिटर ४ थान, पल्स अक्सोमिटर ५ थान, थर्मोगन २ थान, पीपीई सेट २० थान, ह्याण्ड सेनिटाइजर एक लिटरको ५ बोतल, सर्जिकल ग्लवस् एक सय ५० जोडा, सर्जिकल माक्स एक हजार थान र कपडाको माक्स ३ सय थान प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक जिया खानले जानकारी दिए ।
नगरपालीकाले भवन बनाएर सुरुगरेको अस्थायी कोभिड अस्पताल सञ्चालनको लागि आफूले विभिन्न संस्थाहरुलाई लागातार सहयोगको लागि अपिल गरेको मेयर साहले बताए । उनले सोही अपिल अनुसार आज यो समागी प्राप्त भएको जानकारी दिए ।
मेयर साहले हामीलाई भोलिका दिनहरुमा पनि कोरोना सङ्क्रमणसँग जुझ्न धेरैखालका सहयोगहरुको आवश्यकता रहेको भन्दै सहयोग गर्ने संस्थाला हेसरा नेपाललाई धन्यवाद दिए । उनलेभने, ‘हामीले सिमित स्रोत साधनबाट अस्पताल सञ्चालन गरेका छौं, हामीलाई अझैपनि सहयोगको जरुरी छ । यो महामारीका बेला सहयोग गर्नेहरु सवैलाई धन्यवाद छ ।’
उनले आफ्नो संस्थाले यस्तैखालका प्राकृतिक प्रकोप र महामारीमा सहयोग गर्दै आएकाले त्यहि कार्य अनुरुप यो कामपनि भएको बताए ।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुको पनि उपस्थिति रहेको थियो ।