गमक पोष्ट समाचारदाता / सिरहा, २० जेष्ठ । सिरहमा जेष्ठ मसान्तसम्मलाई निषेधाज्ञा थप गरेको छ । जिल्ला १९ सङ्कट व्यवस्थापन समिति (डीसीएमसी) सिरहाको बैठकले सङ्क्रमणको जोखिम अझै कायमै रहेकाले जेष्ठ २१ गते राती १२ बजेदेखि ३१ गते १२ बजेसम्म १० दिनको लागि निषेधाज्ञा थप गरेको हो ।
स्थानीइ प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला भरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
डीसीएमसी सिरहाले गत बैशाख ३१ गतेदेखि जेष्ठ २१ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।