गमक पोष्ट समाचारदाता / सिरहा, १६ जेष्ठ । कोभिड १९ सङ्क्रमणबाट सिरहामा पछिल्लो दुाईदिनमा थप ९ जनाको मृत्यु भएको छ । सङ्क्रमणभई देशका विभिन्न अस्पतालमा उपचाररत ७ पुरुष र २ महिला सहित ९ जनाको मृत्यु भएको हो ।
कल्यान नपा ५ र ७ का क्रमशः ४६ र ४९ वर्षिय, लहान २२ का ५४ र ४० वर्षिय, धनगढीमाई नपा १० का ६० वर्षिय, मिचैया नपा ११ का ५३ वर्षिय पुरुष र २ महिला सहित ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । उनीहरुको सिरहा, जनकपुर, विराटनगर र धरानका अस्पतालहरुमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दोस्रो लहर सुरुभएयता जिल्लामा यो सहित जम्मा ७१ जनाले ज्यान गुमाईसकेका छन् ।
तीन हजार ४ सय ४ जनाको परीक्षण गर्दा जिल्लामा सङ्त्रमितको संख्या एक हजार ४६ जना पुगेका छन् । त्यसमध्ये अहिलेसम्म ३४ सय १३ जना निकोभईसकेको बताइएको छ । जिल्लामा सक्रिय सङ्क्रमित संख्या ५६५ रहेका छन् । तीमध्ये ५ सय २३ जना होम आईसोलेशन, २९ जना सामान्य उपचारमा, ८ जना आईसीयू, ५ जनाको एचडीयूमा राखेर उपचार भईरहेको छ ।