गमक पोष्ट समाचारदाता / जनकपुर, १४ जेष्ठ । प्रदेश सरकारलाई वल्र्ड भिजन नेपाल नामक गैर सरकारी संस्थाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सय थान अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा समाजिक विकास मन्त्री नवल किशोर साहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
पहिलो चरणको लागी भन्दै संस्थाले अक्सीजन सिलिण्डर, अक्सीमिटर, पिपिई सेट, थर्मल गन, एक सय थानका दरले र अक्सीजन कन्सनट्रेटर ४ थान हस्तान्तरण गरेको छ ।
त्यसैगरि प्रदेश अन्तर्गतका महोत्तरी , सर्लाही र रौतटहलाई आजै प्रति जिल्लालाई ७० थानका दरले अक्सीजन सिलिण्डर, अक्सीमिटर, पिपिइ सेट, थर्मल गन र अक्सीजन कन्सनट्रेटर १ थान बुझाउने तथा धनुषा लाई अर्को साता अक्सीजन सिलिण्डर १०० थान तथा पिपिई ५० थान बुझाउने प्रतिबद्धता समेत जनाएको छ ।