गमक पोष्ट समाचारदाता / सिरहा, १२ जेष्ठ । कोभिड १९ सङ्क्रमणका कारण सिरहामा पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमणभई देशका विभिन्न अस्पतालमा उपचाररत ४ पुरुष र एक महिला सहित ५ जनाको मृत्यु भएको हो ।
कर्जनहा ६ का ५० महिलाको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । त्यसैगरी, नवारजपुर १ का ४९ वर्षिय, भगवपुर २ का ५४, अर्नमा १ का ३५ वर्षिय पुरुषको उपचारको क्रममा विराटनगरमा र लहान ८ का ५९ पुरुषको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको बताइएको छ ।

दोस्रो लहर सुरुभएयता जिल्लामा यो सहित जम्मा ५९ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय, सिरहाले जनाएको छ ।
दुई हजार ८ सय ३४ जनाको परीक्षण गर्दा जिल्लामा सङ्त्रमितको संख्या ८ सय ६९ जना पुगेका छन् । त्यसमध्ये अहिलेसम्म ३ सय १ जना निकोभईसकेको बताइएको छ । सङ्क्रमितहरुमध्ये ४ सय ६६ जना होम आईसोलेशन, ३५ जना सामान्य उपचार, ७ जना आईसीयू, ६ जनाको एचडीयूमा राखेर उपचार भईरहेको छ ।