गमक पोष्ट समाचारदाता/ राजविराज, १२ जेष्ठ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– ११ सखुवाबाट ६ दिनदेखि हराइरहेका बालक अझै फेला परेको छैन । बुवासँग रिसाएर ६ दिनअघि घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव अझै फेला नपरेको हो ।
शुक्रबार बिहान करिब ८ बजे घरबाट निस्केका रवि वेलुकासम्म नफर्केपछि आफ्नो आफन्तकोमा खोजीगरेपनि अझै नभेडिएको उनको बुवाले बताए । उनको बुबाले भने, ‘रविलाई घरमा नदेखेपछि खोजी गर्यौँ, कतै सुराक लागेन आफ्नो अफन्तको सवैतिर खोजीगरेपनि अझै भेटिएको छैन ।’
उनले खोजीकै क्रममा नजिकैको भगवानपुरबाट एक अधबैसे पुरुषले आफ्नो नाति हो भन्दै बिस्कुट किनिदिएर लगेको भन्ने स्थानीयले जानकारी पाएको जयनारायणले बताए ।
रविले गोजीबाट पैसाल निकालेपछि जयनारायणले जयनारयण गाली गरेका थिए । त्यसपछि रिसाएर रवि शुक्रबार बिहान घरबाट निस्किएका थिए ।
पारिवारिक र जानसक्ने स्थानहरूमा सोधखोज गर्दा पनि फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी गरेको छ । प्रहरीले खोजी कार्य भइरहे पनि कुनै सुराक पाउन नसकेको बताएको छ ।