गमक पोष्ट समाचारदाता / सिरहा, १२ जेष्ठ । धनगढीमाई नगरपालीकालाई एक्सनएड नेपाल र दलित जनकल्याण युवाक्लवको सहयोग र युवा सञ्जाल सिरहाको संयोजकत्वमा करिव तीन लाख मूल्यबरावरको स्वास्थ्य समाग्रि प्रदान गरेको छ । कोभिड १९ आपत्कालिन प्रतिकार्य योजना अन्तर्गत कोभिड १९ सङ्क्रमणभई आईसोलेशनमा रहेकाहरुको उपचारमा सहयोगार्थ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

DHANGADI 2
क्लवका अध्यक्ष उमेश विसुनकेले अक्सिमिटर ५० थान, एन्टिजेन जाँच किट एक सय ५० थान, सेनिटाइजर ५० लिटर, मेडिकल माक्स एकसय दरका ५० प्याकेट, ग्लोव ५० प्याकेटगरी जम्मा २ लाख ९० हजार ४ सय ५४ रुपैयाँ मूल्यवारवरको स्वास्थ्यसामाग्री नगर प्रमुख हरिनारण चौधरीमार्फत नगरपालीकालाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्यसमाग्री हस्तान्तणका क्रममा धनगढीमाई नगरपालीका मेयर चौधरीले संकटको बेलामा गरिने स–साना सहयोगहरुको पनि ठूलो महत्व रहने बताए । उनले स्वास्थ्य सामाग्री प्रदानगर्ने संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।
जिल्लामा कोभिड १९ को प्रकोप दिनप्रतिदिन बढ्दै जानथालेपछि क्लवको कार्यक्षेत्र रहेको धनगढीका सङ्क्रमीतहरुलाई उपचारमा सहयोग पुग्ने उदेश्यले स्वास्थ्य समाग्री हस्तान्तरण गरेको अध्यक्ष विसुन्खेले बताए ।