सुरेश राय / सिरहा, ११ जेष्ठ । सरडक निर्माणमा कमसल समाग्री प्रयोग गरेको भनदै स्थानीयले विरोध जनाएका छन् । सिरहाको गोलबजार नगरपालीका ७ चोहर्वामा निर्माण भईरहेको सडकमा कमसल निर्माण सामाग्रि प्रयोग भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
ग्र्याभेल, वेसमा समेतमा कमसल सामाग्री प्रयोग गरेकोमा विरोध जनाउँदै आएपनि ठकेदार र स्थानीय जनप्रतिनिधीले वेवास्ता गरेको स्थानीयले काम अवरुद्ध गरेका थिए । पछि ठेकेदार आफैआएर अव राम्रो काम गर्छुभन्ने प्रतिबद्धता जनाएपनि पूनः कमसल सामग्री प्रयोग गरेपछि स्थानीय काम अवरुद्ध गर्नुपर्ने अवस्थामा पुगेको स्थानीय सुरेश मण्डलले बताए ।
उनले वेसको कामभईरहेकै वेलामा पानी परेर हिलाम्मे भएको सडकमै प्राइम कोट (पगालेको अलकत्रा) लगाउने देखि पिच गर्ने सिल्कन गिट्टीसमेत माटो मिसियको प्रयोग गरेपछि गाउँलेले हिजो सोमबार काम अवरुद्ध गरेको बताए । पछि ठेकेदार आफै आएर अर्को सिल्कन गिट्टी ल्याउने भएपछि काम गर्न दिईएको मण्डलले बताए ।
यस विषयमा वडा अध्यक्षलाई जनकारी गराउँदै वास्ता नगरेको स्थानीय सरोज रायले बताए । वडा अध्यक्ष जगत श्रेष्ठले पनि आफूले राम्रो काम नभएको सुनेपछि इन्जिनियरलाई जान भनेको सुनाए । उनलेभने, ‘म आफै प्राविधिक होइन, हामीले राम्रो नराम्रो छुट्याउन पनि नसक्ने भएकाले इन्जितियरलाई जान भनिसकेको छु ।’
स्थानीइले वडाअध्यक्षलाई पटक पटक जानकारी गराउँदापनि कामभएको ठाउँमा नपुगेपछि स्थानीयले मिलेमत्तोको आशंका गरेका छन् ।

नगरपालिकाको लगानीमा सडक गोलबजारस्थित गुन्जा कन्ट्रक्सले निर्माण गरिहेको छ ।