मुकेश कुमार यादब /सिरहा ७ जेष्ठ । नेपालमा पनि कोरोना भाइरस माहामारीको रुपमा फैलिन थालेको र कोविड ̶–१९ संक्रमितको संख्या दिनप्रतिदिन बढदै गइरहेकोे अबस्थालाई मध्यनजर गर्दै मिर्चैया नगरपालिकाले सुविधा सम्पन्न १० वेडको आइसोलेसन सहित १ थान एम्बुलेन्स खरिद गरि संचालनमा ल्याएको छ ।
मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थितको पुरानो प्राथमिक स्वास्थ्य केन्द्रलाई मर्मत सम्भार गरि समपुर्ण सेवा सुविधा सहितको १० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको र अति विपन्न परिवारका लागी निशुल्क खाना समेतको व्यवस्था गरेको नगर प्रमुख श्रवण यादबले बताए ।उनले ‘कोरोना माहामारीबाट आफनो नगरवासिलाई सुरक्षित राखन सबै जनप्रतिनिधि तथा कर्मचारी र स्वास्थ्यकर्मीहरु २४ सै घण्टा तयारी रहने प्रमुख यादबले जनाए ।
उनले थपे‘ आफुले २४ सै घण्टा सूचनाको लागि फोन खुला गरेकोले नगरवासिलाई आपत परेकावेला तत्काल उद्धार गरिने मेयर यादवले जानकारी गराए । उनले आफ्नो नगरपालिका भित्र अब कोहि पनि जनता रोग र भोकले मर्न नदिने प्रतिब्धता समेत जाहेर गरे । यता,हाल सम्म मिर्चैया नगरपालिकामा मात्र .५६ जना कोरोना भाईरस संक्रमित रहेको छ भन्ने ५जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।