गमक पोष्ट समाचारदाता / सिरहा, ४ जेष्ठ । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान डाइग्नोस्टिक सेन्टरका एक चिकित्सक, जिल्ला शिक्षा समयन्वय इकाई सिरहाका कार्यरत एक जना कर्मचारी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव वहुमुखि क्याप्सनका एक जना प्रध्यापक, गोलबजारका नपा ५ का एक जना ईंटा उद्योगी सहित ६ जनाको मृत्यु भएको हो ।
उनीहरुको सवैको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दोस्रो सङ्क्रमणको लहर सुरुभईसकेपछि सिरहामा आज विहानसम्म ३५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । मृत्युहुने प्रयाः युवाउमेरका रहेका छन् ।
सिरहामा हालसम्म पीसीआर विधिबाट १ हजार ७ सय ८८ जनाको परीक्षण गर्दा ५ सय ५१ र एनटीजीन विधिबाट २ सय ७२ जनाको परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ५७ जना निको भएको छ भने, ४ सय २२ जना होम आईशोलेशना छन् । २९ जना सामान्य उपचारमा, ६ जना आईसीयू र ३ जना एचडीयूमा उपचार भईरहेको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
संक्रमित मध्ये जिल्लामै सवैभन्दा धेरै गोलबजार नगरपालीकाका रहेका छन् । ५ सय ५१ सङ्क्रमितमध्ये गोलबजार नगरपालीकाकामात्र एक सय ३१ जना रहेका छन् । मृत्युहुनेमा पनि गोलबजार नगरपालीकानै जिल्लामा सवैभन्दा अगाडी छ । ३५ जना मृतकमध्ये गोलबजारकामात्र १० जना रहेका छन् ।