गमक पोष्ट समाचारदाता / बारा, ४ जेष्ठ। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्ष्ए उसमान अन्सारी र ७ वर्षीय भाई अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको हो । उनीहरु आफ्नै दाजुभाइ हुन् ।
कलैया उपमहानगरपालिका–७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका उनीहरुको शव बिहान घाँटी रेटिएको अवस्थामा फोला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।