गमक पोष्ट समाचारदाता / सप्तरी, ४ जेष्ठ । कोरोना सङ्क्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु भएको छ । उपचारको क्रममा उपमेयर आशा चौधरीको विराटनगरमा आज विहान मृत्यु भएको हो ।
उपमेयर चौधरीलाई दुईसाता अघि रुघाखोकी, ज्वरो तथा स्वासप्रस्वासमा समस्या लगायतका लक्षण देखिएको सप्तकोशी नगरपालिका–५ का वडाअध्यक्ष दीपक लेखीले जानकारी दिए ।
गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो ।
१० दिनअघि अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेटरमा सारिएको थियो ।