गमक पोष्ट समाचारदाता / सिरहा, ३० बैशाख । कोभिड १९ सङ्क्रमणको सङ्या दिनानुदिन बढ्दै गएपछि सिरहामा तीन साताको लागि निषेधाज्ञा थप भएको छ । जोखिम न्यूनिकरण गर्न बिहीबार बसेको डीसीसीएमसीको बैठकले गरेको निर्णय अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतकाहरु बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनभने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी खिए । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ६ बजेदेखि साडे नौं बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । निर्माण सामाग्री भण्डारण गर्ने बाहेक विहान साढे नौं बजेदेखि ५ बजेसम्म व्यवसाय गर्न पाइने बताइएको छ ।
अहिले सम्म सिरहमा ३ सय ५४ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ३१ जना निकोभईसकेको छ भने १८ जनाको मृत्यु भईसकेको छ ।