कमल रिजाल
वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने तर्खर गर्दैछन्। यसै निम्ति राष्ट्रपतिले अधिवेशन आह्वान गरिसकेकी छन्। विपक्षीले अविश्वासको प्रस्ताव ल्याउन नसकेर आलटाल गरिरहेको बेला प्रधानमन्त्री आफैंले विश्वासको मत लिन खोज्नु नराम्रो होइन तर उनको अन्तर्य त्यत्तिमा मात्र सीमित देखिँदैन। प्रधानमन्त्री ओली राजनीतिका माहिर खेलाडी हुन्।
सर्वोच्च अदालत प्रतिनिधिसभा पुनस्र्थापित गरिदिँदा समेत कत्ति विचलित देखिएका थिएनन् ओली जबकी नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अवस्था थियो। मन्त्रीपरिषद्कै एक सदस्यले त्यस्तो अवस्था आए हामी रहन्नौं भनेकै हुन् तर उनी भने झन्झन् बलिया देखिँदै आएका थिए, भाषण र गतिविधिमा। सायद सर्वोच्चबाट लगत्तै अर्को निर्णय हुँदैछ, जसले विपक्षको चुरीफुरी स्वतः समाप्त हुन्छ भन्ने त्यतिबेलै थाहा थियो। आखिर भयो पनि त्यस्तै। अहिलेको राजनीतिक जोड घटाउमा संसद्बाट विश्वासको मत लिन त्यति सजिलो छैन, जुन कुरामा प्रधानमन्त्री भलिभाँती परिचित छन्। तैपनि उनी त्यो जोखिम उठाउँदै छन् भने भन्नैपर्ने हुन्छ उनको मकसद त्यतिमात्र होइन। उनी चाहन्छन् यसैमा टेकेर मंसिरमा चुनाव गराउने र संसद् विघटनको कदम सही थियो भनेर देखाउने अनि विरोधीलाई तह लगाउने।
यस्तै भयावह अवस्था थियो गत साल पनि। धन्य प्रकृतिले साथ दिएकाले त्यति बढी क्षति व्यहोर्नुपर्ने अवस्था आएन, आउन दिएन भनौं समयले। गत सालको अवस्था देखेर समयमै चेत्नुपर्ने थियो सरकार र सरकारी प्रतिनिधिहरूले। कम्तिमा अब त्यसरी चल्दैन। समयले दिएको प्रबल सन्देश यही हो।
विश्वासको मत लिन खोज्नु प्रधानमन्त्रीको संवैधानिक अधिकार हो तर यसका लागि उपयुक्त समय भने होइन। कोरोना भाइरस ९कोभिड १९० को समस्या प्रतिदिन बढ्दै गएको छ। भारतमा नियन्त्रण बाहिर पुगिसकेको छ। सोही रफ्तार लिने प्रयास गर्दैछ नेपालमा पनि। स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीले नागरिकलाई जति नै आश्वास्त पार्न खोजे पनि अवस्था त्यसको ठीक विपरीत छ। अस्पतालहरू टनाटन भरिएका छन् बिरामीले। शैयाको अभावमा बिरामी तड्पिरहेका छन्। असपतालको पेटीमा समेत बिरामीको लाइन देखिन थालेको छ। असपताल र उपचारकै अभावमा बिरामी मर्न थाले भने पनि अस्वाभाविक मान्न नसकिने अवस्था देखिँदै छ। त्यस्तै भयावह छ भ्यान्टिलेटर र अक्सिजनको अवस्था पनि।
अक्सिजन अभाव हुँदै गएको बताउन थालेका छन् अस्पतालहरू। भ्यान्टिलेटरमा राख्नुपर्ने बिरामी बढ्दै गएका छन् दिनदिनै। थपिएका बिरामीले भ्यान्टिलेटर पाउन चिट्ठा पर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा समग्र राजनीतिक शक्ति जनस्वास्थ्यको सवालमा केन्द्रित हुनुपर्नेमा सरकार आफैं विश्वास र अविश्वासको खेलमा उत्रन थाल्छ भने योभन्दा लाजमर्दो स्थिति अरू के हुन सक्ला ?
यस्तै भयावह अवस्था थियो गत साल पनि। धन्य प्रकृतिले साथ दिएकाले त्यति बढी क्षति व्यहोर्नुपर्ने अवस्था आएन, आउन दिएन भनौं समयले। गत सालको अवस्था देखेर समयमै चेत्नुपर्ने थियो सरकार र सरकारी प्रतिनिधिहरूले। विश्वमा कोरोनाको चाप के कस्तो छ, कुन गतिले बढ्दै छ, बढ्ने संकेत गर्दै छ अनि यहाँ पनि त्यस्तै अवस्था आयो भने के गर्ने, कति बिरामी थपिन सक्लान्, उनीहरूको व्यवस्थापन कसरी गर्ने, कति भ्यान्टिलेटर र अक्सिजन सिलिन्डरको व्यवस्था गर्नुपर्ला, यसका लागि कहाँ कसले केकस्तो भूमिका निर्वाह गर्नुपर्ने होजस्ता कुरामा मात्र ध्यान दिन सकेको भए पनि यति बढी आत्तिनुपर्ने थिएन। तर के गर्ने समय छउन्जेल छिर्किनी मारेर कहाँ कसलाई फसाउने, कसलाई कसरी पन्छाएर आफ्नो कुर्सी अकन्टक राख्ने भन्ने सोच्दैमा फुर्सद भएन।
अध्यादेश जारी गर्ने र फिर्ता गर्ने कार्यले नै कति समय खायो सरकार प्रमुख र राष्ट्राध्यक्षको। संसद् विघटन गर्ने र पुनस्र्थापन गर्नेजस्ता प्रत्यक्ष जनसरोकारभन्दा बाहिरको विषयमा न्यायालयको समेत समय खेर गयो। सेटिङ र मिटिङमा बिते कति समय, उद्घाटन र भाषणले खाए कति समय। कम्तिमा धरहराको टुप्पोमा पुगेर आईफेल टावर चढेको अनुभव शेयर गर्नु र आफ्नै कामको प्रशंसा गर्नुभन्दा अस्पताल बनाउने, भएका अस्पतालमा शैया थप्ने र भ्यान्टिलेटर तथा अक्सिजन सिलिन्डर थप गर्नेतिर लागेको भए पनि तत्कालका लागि धेरै हुन सक्थ्यो।
पौराणिक ग्रन्थहरूमा एउटा रोचक कथा भेटिन्छ। घरमा आगो लागेपछि कुवा खन्न लागेका रहेछन् एक सज्जन कुनै बेला। कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नुपर्दैैन, यस्तै काम भइरहेको छ हाम्रो यहाँ। वनमा डढेलो लागेर जनजीवन प्रभावित भएको थियो केही दिनअघि। बढ्दो प्रदूषणका कारण बन्द गर्नुपरेको थियो स्कुल, क्याम्पसहरू। सकेसम्म घरबाट निस्कन छाडेका थियौं हामी आफैं। त्यतिबेला आगो निभाउनका लागि हेलीकप्टर किन्ने व्यवस्था मिलाउन आदेश दिएर जनताप्रति उदारता देखाएका थिए सरकार प्रमुखले।
हालै पनि यस्तै उदारता देखाएको छ सरकारले सकेसम्म पर्याप्त भ्यान्टिलेटर र अक्सिजन सिलिन्डर किन्ने, नभए कुटनीतिक पहलमा झिकाउने प्रक्रिया मिलाउने निर्णय गरेर। यसले जनताका नाममा केही गरेका छौं भन्ने आत्मरति त देला। गर्न खोजिएको हो, त्यस्तै प¥यो गर्छु भन्दाभन्दै गर्न सकिएन, भ्याएन भन्न पनि सकिएला तर जनताका निम्ति भने ‘आज मरी भोलि औषधि’ बाहेक केही हुने देखिएको छैन। अस्तितिर एक अक्सिजन व्यवसायी गुनासो गर्दैैै थिए एक टेलिभिजन च्यानलमा। उनको गुनासो थियो अक्सिजन कहाँ बन्छ भन्नेसम्म जानकारी छैन सरकारमा हुनेहरू कतिलाई। अक्सिजन भारतबाट आउँछ भनिरहेका छन् उनीहरू अहिले पनि। जब कि मुलुकलाई चाहिने अक्सिजन हामी यहीँ उत्पादन गर्छौं।
हाम्रो समस्या भनेको अक्सिजन मात्र होइन, सिलिन्डर पनि हो। हामीसँग पर्याप्त सिलिन्डर छैन। भएका पनि उपभोक्ताहरूमा खाली हुनासाथ फिर्ता गर्ने परिपाटी छैन। हामी आफैं सिलिन्डर उत्पादन गर्न सक्दैनौं। बाहिरबाट ल्याउने वातावरण सहज भएको भए पनि केही राहत मिल्थ्यो तर त्यो काम पनि समय छँदै भएन। बल्ल अहिले सहज बनाउने कुरा भएको छ तर झिकाउने कसरी ? भारतबाट ल्याउन यसै पनि सहज छैन, नाकाहरू बन्द छन्। चीनबाट झिकाउन र ल्याउनै कम्तिमा महिनादिन लाग्छ।
३०र३५ हजार बिरामीलाई एकैसाथ अक्सिजन उपलब्ध गराउन सकिने क्षमता उपत्यकामै देखिन्छ। मुलुकका अन्य ठुला ठुला सहरमा पनि पक्कै केही उत्पादन हुँदै आएका होलान्। यदि अक्सिजन सिलिन्डरको उचित व्यवस्थापन गरिदिने हो भने कम्तिमा अक्सिजनको अभावमा जनताले अकाल ज्यान गुमाउनुपर्ने अवस्था देखिन्न। अब आयो असपतालहरूमा शैया अभावको कुरा। महामारी बढ्ने क्रममा छ। अझै केही समय उकालो लाग्ने संकेत देखिन्छ। कहाँ पुगेर रोकिने हो यसै भन्न सकिने अवस्था छैन। हामीसित ठुला अस्पताल बनाउने समय छैन। खाली स्थानमा पाल टाँगेर स्वस्थ्य शिविर खडा गर्नु नै सर्वोत्तम बिकल्प हो अहिलेका लागि।
संघीय राजधानीको कुरा गर्दा काठमाडौंमा दशरथ रंगशाला, टुडिखेल खुलामञ्च सर्वाधिक उपयोगी स्थान हुनसक्छन्। यसबाहेक अन्यत्र कहाँ केकति खाली स्थान छन् त्यतातिर पनि ध्यान दिन सकिन्छ। भक्तपुरमा त्यस्तै होलान्, ललितपुरमा होलान्। प्रान्त तथा जिल्लातिर त यसै पनि त्यति ठुलो छजस्तो लाग्दैन स्थानाभावको समस्या। पाल टाँगेर स्वास्थ्य शिविर खडा गर्न सकिन्छ जताततै।
तत्कालका लागि नेपाली सेनासित पनि सहयोग लिन सकिन्छ। सेना पनि चासो दिनुपर्ने हुन्छ जनस्वास्थ्यका सवालमा। मुलुकका सैन्य संगठन आपतविपतका लागि हो। ठेक्कापट्टा, व्यापार व्यवसाय हुँदै गर्छ, चल्दै गर्छ। आज नभए भोलि हुन्छ तर संक्रामक रोगले भोलि भन्दैन। मृत्यु शैयामा छट्पटाउँदै गरेका कसैलाई पनि भोलि बचाउँछु भनेर पाइन्न। एक मन्त्रीजी जनस्वास्थ्यको नाममा अर्थतन्त्रसित सम्झौता गर्न सकिन्न भन्दै थिए भाषण समारोहमा। थाहा छैन कुन मनस्थितिमा त्यस्तो कुरा बोले उनले। स्वस्थ मनस्थितिका बेला जिम्मेवार व्यक्तिबाट त्यस्तो कुरा त आउनुनपर्ने हो। जनजीवनभन्दा अर्थतन्त्र ठुलो कुरा होइन, हुन सक्दैन कतै पनि। परेको बेला हीरा फोर्नुपर्छ भनेको यस्तै अवस्थामा हो।
राजनीतिमा लाग्नेले राजनीति गर्छ। राजनीति गर्नु ठुलो कुरा होइन उसका लागि। राजनीतिमा सरकार बनाउने र गिराउने खेल पनि भइरहन्छ। संसारभरिकै चलन हो यो तर अन्यत्र राजनीतिक खेल मात्र हुँदैन। अन्य काम पनि चलिरहन्छ तर हाम्रो यहाँ भने अन्य काम थाती राखेर भए पनि राजनीतिलाई प्राथमिकता दिने चलन छ। जतिबेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री सत्ता टिकाउन नानाभाँतीका अस्वस्थ राजनीतिक खेल खेल्दै थिए ठीक त्यही बेला प्रधामन्त्री यस्तै खेलका निम्ति राष्ट्रपतिसित परामर्श गर्दै थिए। यहाँको राजनीतिक परिवेश बुझ्न यी दुई घटना नै काफी छन्। कम्तिमा अब त्यसरी चल्दैन। समयले दिएको प्रबल सन्देश यही हो। यसलाई जति चाँडो बुझ्न सक्यो त्यति नै राम्रो हुनेछ चेतना भया।
अन्नपूर्ण पोष्ट अनलाईनबाट