गमक पोष्ट समाचारदाता / सिरहा, २६ बैशाख । दिनप्रतिदिन कोरोना संक्रमणको दर उकालो लागेपछि सिरहाका सवै स्थानीय तहलाई एम्वुलेन्स तयारी अवस्थामा राख्न डीसीएमसीले दिर्देशन दिएको छ । कोभिड १९ का सङ्क्रमितहरुलाई समयमै अस्पताल वा आईसोलेशन सेन्टर पुर्याउन पालिकाहरुलाई एम्वुलेन्स तयारी अवस्थामा राख्न आज बसेको डीसीएमसीको बैठकले निर्देशन दिएको हो ।
डीसीएमसीले स्थानीय तहलाई आफ्नो पालिकाम रहेको एम्वुलेन्स दुरुस्त राख्न, कोभिड बोक्ने एम्वुलेन्स, पीपीई सेट, इन्धन र चालकको व्यवस्थापन दुरुस्त राख्न आज बसेको बैठकले निर्णय गरेको छ । एम्वुलेन्स चालकलाई प्रतिदिन ५ सय रुपैया भत्ता सम्वन्धित तहले दिनुपर्ने निर्णयमा उल्लेख गरेको छ ।
यसैगरी, श्री शेर गण चौहर्वा र नेपाली सेनाको सिरहा सरमुकाममा रहेको सरक्षा गणलाई आलो पालोगरी एक÷एक वटा एम्वुलेन्स उपलब्ध गराउने निर्णयमा उल्लेख गरेको छ । नेपाली सेनाले प्रयोग गरेको एम्वुलेन्सको खर्च कोभिड कोष वा विरामी रहेको सम्वन्धित पालिकाले व्यहोर्नुपर्ने निर्णयमा उल्ल्ेख गरेको छ ।
निर्णयमा भनिएको छ, ‘कोभिड नियन्त्रणमा जोखिमभत्ता पाउने अवस्थाभएका एम्वुलेन्स चालकलाई पनि गापा÷नपाहरुले जोखिमभत्ता उपलब्ध गराउनुपर्ने छ ।’ एम्बुलेन्स नरहेका बडियारपट्टी, लक्ष्मीपुरपतारी र सखुवानन्कारकट्टीका लागि पनि आलोपालो गरेर एम्वुलेन्स उपलब्ध गराउने बताइएको छ । त्यसको लागि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटले गर्ने निर्णय भएको छ ।
सिरहामा हालसम्म २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । जसध्ये २ महिला सहित ८ जनाको मृत्यु भएको बताइएको छ । १६ जना निको भइसकेको छ ।