सुरेश राय / सिरहा, २४ बैशाख । सिरहामा कोभिड १९ संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ का ४५ वर्षीय संक्रमित महिलाको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको हो । यो सहित सिरहामा मृत्युहुनेको संख्या ७ पुगेको छ ।
स्वास्थ्यमा समस्या आएपछि केही उनलाई जनकपुरस्थित एक निजी अस्पतालमा अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । जिल्लामा संक्रमितहरुको संख्या २ सय २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।