गमक पोष्ट समाचारदाता / लहान, २४ बैशाख । लहान मोलपोत कार्यालयले आजबाट आन्तरीक सवेवाहेक सवैसेवाहरु बन्द गरेको छ । कोभिड १९ महामारीको जोखिम उच्च रहेको र यहाँको कर्मचारीहरुमा पनि कट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले सूचना प्रकाशित गरी आजबाट बैशाख मसान्तसम्मको लागि आन्तरिक कामबाहेक सवै सेवा बन्द गरेको हो ।
कार्यालयले सूचना जारी गर्दै कोभिड १९ को दोस्रो लहर तिवै गतिमा फैलिरहेको र यसबाट हामी पनि ग्रसित हुने सम्भावना रहेको र कार्यालयसँग सम्बन्धित लेखापढी व्यसायी, बैक तथा वितिय संस्थाका कर्मचारीहरुमा पनि संक्रमण देखिएको हुदा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले आजबाट बैशाख मसान्तसम्म बन्दगर्ने जनाएको छ ।

lahan malpot