गमक पोष्ट समाचारदाता / सिरहा, २४ बैशाख । डिजे बाजालाई बन्द गराउन पुगेका प्रहरीमाथि कुटपीट गरेको अभियोगमा दुईजनालाई नियन्त्तणमा लिएको छ । गएराती ईलाका प्रहरी कार्यालय कल्याणपुरका इञ्चार्ज प्रहरी निरिक्षक सुरेन्द्र यादव र प्रहरी जवान भोगेन्द्र यादवमाथि हातपात गरेको आरोपमा कल्याणपुर नपा ११ का २२ वर्षीय दिपेन्द्र ठाकुर र २८ वर्षीय भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुलाई प्रहरीले अभ्रद व्यवहारको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी शालिग्राम शर्माले जानकारी दिए । प्रहरीले डिजे सहित सवारी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको जनाएको छ ।
गाउँमा भईरहेको विवाहमा चर्को स्वरमा बजाईरहेको डिजे बाजा बन्द गराउन पुगेका प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा हात पातभएको नजनाएको छ ।