गमक पोष्ट समाचारदाता / सिरहा, २३ बैशाख । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । गोलबजार नगरपालीकाका ४ का ३५ वर्षिय महिला र ३३ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
स्वास्थ्यमा समसया आएपछि १०÷१२ दिन अघि देखिनै धरानमा उपचार गराईरहेका पुरुषको आज विहान मृत्यु भएको हो । त्यसैगरी, महिलाको पनि उपचारको क्रममा फूलकुमारी मेमोरीयल अस्पताल कर्जन्हामा मृत्यु भएको जनाएको छ ।
सिरहा र जनकपुरमा गरेको परीक्षणबाट सिरहामा आज थप ४८ जना नयाँ संक्रमित थपीएको छ । यो सहित सङ्क्रमणको संख्या दुई सय २२ पुगेको छ ।
सङ्क्रमण उच्च दरमा बढेपछि सिरहामा पनि आज विहान ६ बजेबाट निषेधाज्ञा जारी भएको छ । जसका कारण जिल्लाका औषधी, खाध्यान्न, निर्माण सामाग्री सहित अतिआवश्यक बाहेकका पसल तथा व्यवसायहरु बन्द भएका छन् ।