गमक पोष्ट समाचारदाता / सिरहा, २० बैशाख । पुस्तौंदेखि वस्दै आएको गाउँब्लक जमिनको लालपुर्जा पाएपछि सिरहा सुखिपुरका स्थानीय खुसि भएका छन् । नापी कार्यालय सिरहाका कर्मचारीहरु घरमै पुगेर लालपुर्जा दिएपछि सुखिपुर नगरपालिका ७ र १० का तीन सय ४१ घर परिवार खुसि भएका हुन् ।
पुस्तौदेखि वस्दै आएका ६१ व्र्षिय असर्फी महतोले जग्गा धनी प्रमाण पुर्जा पाएपछि खुसिव्यक्त गरे । उनलेभने, ‘बाउ बाजेकै पालादेखि बस्दै आएको थिएँ, त्यसवेला लालपुर्जाको महत्व थिएन, आज आएर महत्व पनि भएको छ र मैलै पुर्जा पनि पाँए, धेरै खुसी भएको छु ।’
नापी कार्यलय सिरहको आयोजनामा भएको जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रममा सिरहा जिल्ला प्रमुख अधिकारी प्रदिपराज कणेल, सुखिपुर नगरपालिका नगर प्रमुख रामअबतार यादब, नापि कार्यालय प्रमुख शुभानन्द चौधरी र जिल्ला भुमि अधिकार मञ्च सिरहाका संयोजक अरुण सदाले संयुतm रुपमा जग्गा धनी प्रमाणपुर्जा वितरण गरी वितरण कार्यको आरम्भ गरेका थिए ।
प्रमुख ज्लिला अधिकारी कणेलले जग्गाधनीपुर्जा वितरण कार्यमा खटिएका सवै कर्मचारीहरुलाई धन्यवाद दिए । उनले भने, ‘यो राज्य र जनता दुवैलाई लाभहुने काम भएको छ, यो काम पुरागर्न खटिनुहुने सवै कर्मचारी तथा संघसंस्थालाई धन्यवाद छ ।’
सदीयौ देखी पुर्जा बिहिन भई बसोबास गर्दै आएको समुदायहरुमा आज गाउँ ब्लोक पुर्जा पाएपछि उनीहरु एक अर्का विचमा पाएका प्रमाणपुर्जा देखाउदै अत्याधिक खुसी साटासाट गरेका थिए ।
नापि कार्यलय सिरहाको प्रमुख प्रजा कुमार चौधरीले ६० दिन सम्म कानुनी प्रकृयामा जान नसकिने बताए । उनले ६० दिनपछिमात्र धितो, विक्रि जस्ता कामकमा लालपुर्जा प्रयोग हुने जानकारी दिए ।