गमक पोष्ट समाचारदाता / सिरहा, २० बैशाख । कास्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि सिरहाको धनगढीमाई नपा ९ नयनपुर अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक चिकित्सक र दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टी भएपछि तत्कालकालागि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएएकोे हो ।
सङ्क्रमित स्वास्थ्यकर्मीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको कन्याक्ट्र ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र संचालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धनगढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश योञ्जनले जानकारी दिए ।
उक्त अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । उक्त अस्पतालमा रोग निवारक औषधी छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।
कोभिड १९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ७० जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । संक्रमितमध्ये ११ जना निको भईसकेका छन् ।
संक्रमित मध्ये ७ जना आईसोलेशनमा १ जनाको विराटनगर, १ जनाको धरामा उपचार भईरहेको छ भने बाँकी होम आईसोलेशनमा रहेका छन् । कोरोना दोस्रो लहर सुभएपछि सिरहामा ४ जनाको मृत्यू भएको छ ।