गमक पोष्ट समाचारदाता / धनुषा, १९ बैशाख । कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भए उनीहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ । प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको आज सम्पन्न बैठकले महामारीमा आफ्नो ज्यान जोखिममा पारी खटीनेहरु सङ्क्रमित भए उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।
बैठकले भविष्यमा बढने सक्ने सङ्क्रमितहरुको चापलाई ध्यानमा राख्दै प्रदेश भित्रका अन्य निजि अस्पतालहरुलाई नेपाल सरकारको मापदण्ड बमोजिम सम्झौता गरि संचालनमा ल्याउन समाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
त्यसै गरि बैठकले प्रदेश भित्र संचालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालहरुको प्रयोगशालामो पिसिआर टेष्ट गर्न लगाउने निर्णय समेत गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको पिसिसिएमसीको बैठकमा मन्त्रीहरु, प्रमुख सचिव लगायतका प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख एवं स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।