गमक पोष्ट समाचारदाता /  धनुषा, १९ बैशाख, । धनुषा जिल्ला प्रशासनले कार्यालय वैशाख आगामी मंगलबारदेखि १० दिनको लागि निषेधाज्ञा लगाउने भएको छ । जिल्लामा कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणदर दिनदिनै भढेपनि बजार र बस्तीहरुमा मानवीय भिडभाड नियन्त्रण हुन नसकेको भन्दै प्रशासनले वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।
कोभिड नियन्त्रणको लागि भौतिक दुरी जरुरी रहेकोले यसको रोकथाम तथा नियन्त्रणको लागि प्रशासनले निषेधाज्ञा जारी गर्न लागेको हो । सूचना तथा जनचेतनाले भिडभाड नियन्त्रण हुन नसकेपछि निषेधाज्ञा लगाउने अवस्थामा प्रशासन पुगेको बताइएको छ ।
यस्तै प्रशासनले जनकपुरको प्रदेशिक अस्पताललाई थप स्रोतसाधनको व्यवस्था गरी कोभिड अस्पताललाई व्यवस्था मिलाउन भनेको छ । यस्तै जनकपुरस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवनलाई कोभिडको प्रकोप अवधिभर स्वामित्वमा लिइ सञ्चालन गर्न प्रदेश नं. २ को मुख्यमन्त्रीको कार्यालयलाई अनुरोध गरेको छ ।