गमक पोष्ट समाचारदाता / ुसुनसरी, १६ बैशाख । जिल्लामा कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले शुक्रबार देखि एक साताको लागि निषेधाज्ञा लगाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रशासन कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए ।
सो अवधिमा सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरुमाथिको निर्देशन आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको छ । सवारी साधन जोरविजोर प्रमाणीमा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ । यता खाद्यान्न पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइने जनाएको छ ।
भारतीय सिमानाबाट सङ्क्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको पनि जनाएको छ ।

dulahaniya