गमक पोष्ट समाचारदाता / बर्दिवास, १५ बैशाख । महोत्तरीको पिपरा गाउँपालिका ५ मा जलेर एक बालकको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा आगोलेर जलेर घाइते भएका श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादवको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
गए राति घरमै रहेको भुइँमा लगाइएको ओछयानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछयान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछयानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।