गमक पोष्ट समाचारदाता / काठमाडौं १४ बैशाख । पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ सय ७२ पीसीआर परीक्षणमा ४ हजार ३ सय ६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १ सय ६० जना गरी ४हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २ दुई २५ जना पुगेको छ ।
कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३ सय १५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा १ सय १२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा १ हजार ६ सय २, बाँकेमा ५ सय १५, रुपन्देहीमा ३ सय ८३, ललितपुरमा २सय ४०, दाङमा २ सय ३० जना, कास्कीमा १ सय २९, भक्तपुरमा १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै बर्दिया र मोरङमा ८६÷८६ जना, चितवनमा ८०, सुर्खेतमा ७४, मकवानपुरमा ७२, पर्सामा ६७, सुनसरीमा ५१, कञ्चनपुरमा ४६, पाल्पामा ४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै कपिलवस्तुमा ३५ जना, कैलाली ३२ जना, काभ्रेपलाञ्चोक ३१ जना, धनुषा २७ जना, बारा २६ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै अर्घाखाँची र नवलपरासी पश्चिममा २३÷२३ जना, झापा, सिरहा, तनहुँ र गुल्मीमा १६÷१६ जना, धादिङमा १५ जना, नवलपरासी पूर्व र स्याङजा १४÷१४ जना, सप्तरीमा १२ जना कोरोना संक्रमित भेटिएका हुन् ।
यस्तै रौतहट, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, सल्यान, डडेल्धुरा ११÷११ जना, सर्लाही र गोरखा १०÷१० जना, महोत्तरी, बागलुङ र दैलेखमा ९÷९ जना, म्याग्दी, लमजुङ, प्युठान र बैतडीमा ८÷८ जना, उदयपुर र रुकुम पश्चिममा ७÷७ जना, संखुवासभामा ६ जना, सिन्धुलीमा ५ जना, दोलखा, पर्वत, रोल्पा, कालिकोट र जुम्लामा ४÷४ जना, इलाममा ३ जना कोरोना संक्रमित भेटिएका छन् ।
यसैगरी ओखलढुंगा, खोटाङ, धनकुटा, सोलुखुम्बु, मुस्ताङ, जाजरकोट, मुगु, हुम्ला र बझाङमा २÷२ जना, पाँचथर,भोजपुर, रसुवा,डोल्पा, डोटी, दार्चुला, बाजुरा १÷१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका १०२ बालबालिकामा र १० देखि १९ वर्षसम्मका २८२ जनामा कोरोना संक्रमण देखिएको छ ।