गमक पोष्ट समाचारदाता / धनुषा, १४ बैशाख । प्रदेश नम्बर २ का प्रदेशसभाका कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज वस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ । मंगलबार बस्ने तय भएको बैठक कर्मचारीमा कोरोना संक्रमण देखिएछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
प्रदेशसभाका निमित्त सचिव रञ्जितकुमार यादवले कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा प्रदेशसभाका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। सोमबार दिउँसो प्रदेशसभाका सम्पूर्ण कर्मचारीसहित सभामुख सरोजकुमार यादव गरी ६५ जनाको स्वाब परिक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट आउन बाँकी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।