गमक पोष्ट समाचारदाता / बर्दिवास, १३ बैशाख । प्रहरीले भरुवा बन्दुक सहित महोत्तरीको बर्दिवासबाट दुईजनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलिले गौशाला नगरपालिका ११ महरा पुलको पुर्व दक्षिण तर्फको जंगल नजिकबाट बर्दिबास नपा १ सनिडाँडाका ३९ वर्षिय सोम बहादुर मगर र गौशाला नपा ८ का ५६ वर्षिय कृष्ण बहादुर मगरलाई नियन्त्रणमा लिएको हो ।
ज. ७ प. ३३२९ नम्वरको मोटरसाकल सवार चेकजाँचको क्रममा उनीहरुको साथबाट एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५० ग्राम बारुद, बारुद खाड्ने डण्डि सहित नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहिको लागी महोत्तरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्दामा दिन ५ म्याद थप गरी थप अनुसन्धान भईरहेको जनाएको छ ।