गमक पोष्ट समाचारदाता / काठमाडौं, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले भईरहेको र अव सञ्चालन हुने सम्पूर्ण परीक्षा अनिश्चित कालको लागि स्थगित गर्ने निर्णय गरेको छ । बढ्दो कोभिड १९ (कोरोना भाइरस) लाई मध्यनजर गर्दै आज बसेको त्रिवी केन्द्रिय परीक्षा समितिको बैठकले भोली मङ्गलबारदेखि लागुहुनेगरी सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रणद्वारा जरी सूभनामा दोस्रो चरणमा चरिरहेको कोभिड १९ को जोखिम दिनानुदिन उच्च बन्दै गईरहेको भन्दै चंचालनमा रहेको र आगामी मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।
यस अघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन । सोमबार पनि त्रिविका परीक्षाहरु जारी थिए ।