गमक पोष्ट समाचारदाता / काठमाडौं, ११ बैशाख । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ३ हजार १ सय ३६ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनामा कोरोना पुष्टि भएको छ । ८ हजार ६ सय ६८ नमुनाको पीसीआर टेष्ट गर्दा २ हजार ४ सय ८६ जनामा पुष्टि भएको छ । यस्तै एन्टिजेन परीक्षणमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १६ हजार ८ सय २८ संक्रिय संक्रमित रहेको बताइएको छ ।