गमक पोष्ट समाचारदाता /  लहान ११ , बैशाख । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका २ पर्सा टोलमा शुक्रवार राती भएको आगलागीले लाखौको क्षति भएको छ । स्थानीय रविन्द्र साहको घरबाट आचानक सल्केको आगोले एकै दाजुभाईका ८ घर–परिवारको धनमाल पुर्णरुपमा जलेर नष्ट करिव सहित करिब ६० लाखको क्षति भएको जनाएको छ ।
आगलागीले कुनै प्रकारको मानवीय क्षति नभएपनी भैतिक रुपमा पिडित घरमुलिहरुको घर – घरमा रहेको अन्नपात, कपडालत्ता, भाडाकुडा, गरगहना, नगद, लगायतका सरसमानहरु पुर्ण रूपमा जलेर नष्ट भएको स्थानीय हरेराम साफिले बताए । क्रमशः सचिन्द्र साहको ६ लाख, बिरेन्द्र साहको ५० हजार नगद सहित जम्मा १० लाख, आनन्द साहको ३ लाख नगद सहित जम्मा १० लाख , लाले साहको ६ लाख, धिरेन्द्र साहको १ लाख ५० हजार नगद सहित जम्मा ५ लाख, लछुराम साहको ४ लाख, रविन्द्र साहको ४ लाख, रामलोचन साहको राईसमिल , नगद ४ लाख सहित जम्मा १५ लाख बराबरको धनमाल खरानी भएको पीडित परिवारले जनाएको छ ।
घरमा कोई नभएको बेला आचानक आगलागी भएको वडा नम्बर– २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले बताए । लहानबाट आएको बारुण यन्त्रले १ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियोे ।
आगलागीको कारण बिचल्लीमा परेका परिवारलाई तत्कालै गाउँपालिका बाट राहत स्वरुप प्रती परिवार २५ केजि चामल, २ केजि दाल , २ किलो नुन , १ लिटर खानेतेल, आधी किलो स्वाविन, २ वटा सावुन, १ वटा त्रिपाल प्रदान गरेको गाउँपालिकाका लेखापाल नरेश कामतीले जानकारी दिए ।
वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले आफ्नो ब्यक्तिगत तर्फबाट पीडित परिवारलाई नगद एक हजारका दरले जम्मा आठ हजार राहत स्वरुप सहयोग गरेका छन् । पीडित परिवारलाई राहत दिन सहयोगी मनहरुको खाचो रहेको वडा अध्यक्ष दनुवारले बताए ।
बिचल्लीमा परेको परिवारलाई सेवा गर्नु भन्दा ठूलो धर्म अरु कुनै नभएकोले सरोकारवाला सवैलाई तत्काल सहयोग गर्न उनले आग्रह गरे । आगलागी भएको स्थलगत स्थानमा आज भएको राहत वितरण कार्यक्रममा पालिकाका कर्मचारी धनिकलाल यादव लगायत स्थानीय बुद्धिजीवी, राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरुकोे सहभागीता रहेको थियो ।