गमक पोष्ट समाचारदाता / काठमाडौं, ७ बैशाख । नेपालमा कोभिड १९ का एक हजार ६ सय ६७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकामध्य एक हजार ६ सय ६७ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
जसमध्ये १ सय ९३ जना बालबालिका रहेका छन् । पछिल्लो २४ घण्टामा नौ वर्षमुनिका ४३ र १० देखि १९ वर्ष उमेर समूहका १ सय ५० जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८७ हजार ५ सय ६७ पुगेको छ । हाल आठ हजार ६ सय ५९ जनामा सक्रिय भाइरसको सङ्क्रमण रहेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६ सय ९३ जनाको एन्टीजेन परीक्षण गरेकोमा ६९ जनामा पोजिटिभ पाइएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २ सय ५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७५ हजार ८ सय ६ जना सङ्क्रमणमुक्त भईसकेका छन् । सङ्क्रमित निको हुने दर ९५ दशमदज ९ प्रतिशत पुगेको हो ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले तीन हजार एक ष् ि२ जनाको मृत्यु भईसकेको छ।
हाल ९२ जना क्वारेक्न्टिनमा छन् ।