मुकेश कुमार यादब / सिरहा, ६ बैशाख । सिरहाको गोलबजार नगरपालीका ६ का समाजिक अभियनता तथा गायक ३३ वर्षिय गुरुसरण सदाको मृत्यु भएको छ । लामो समयदेखि सामाजिक तथा संगीत क्षेत्रमा कृयाशिल सदायको आज विहान मृत्यु भएको हो । पछिल्लो तीन÷चार दिनदेखि बान्ता हुने,उच्च ज्वरो आउने र पेट दुख्ने समस्याले पीडित सदायको आज विहान मृत्यु भएको उनका जेठान अरुण सदायले बताए ।

 

बेहोस भएका उनलाई अचानक स्वासलिन गा्रहो भएलगतै उपचारको लागि गोलबजार स्थित भूमिजा हस्पिटलमा ल्याएपनि त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि धरान लानेक्रममा लहान पुग्दा नपुग्दै बाटोमै मृत्यु भएको सदायले जनाए ।
उनलेभने, ‘ज्वाईलाई तीन चार दिनदेखि पेट दुख्ने र बान्ता हुने समस्याले सताई रहेको थियो, स्थानीय स्तरमै औषधी गराईरहेपनि हिजोबाट खाना नखाई बसेकाले उहाँ आज विहान दाँतीलागेर वेहोस हुनुभएछ, हत्तपत्त उपचारमा लाने कोसिस भयो, तर केहीगर्न सकिएन ।’

 

उनी सेभ द चिल्ड्रन नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाको काठमाडौं कार्यालयमा बसेर काम गरिरहेका थिए । केहि दिनअघि मात्र आमाको वार्षिक स्राद्धको लागि घर आएका बताइएको छ ।
उनी जातिय सुधारको लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा सक्रिय रहेका थिए । उनीसँगै उनकी श्रीमती शान्ति सदा संगीत क्षेत्रेमा पनि सक्रिय रहेका थिए । उनीले दर्जनबढी मैथली तथा नेपाली गीतको लेखन, गायन र आफैले अभिनय गरे मिज्यूक भिडियो समेत बनाएका छन् ।

 

उनलाई बान्ता हुने,उच्च ज्वरो आउने, खोकि लागने र स्वासलिन समस्या हुनु तथा शरिरमा ओक्सिजनको मात्रा एकदमै कम भएकोले बाहिर लैजान रेफर गरेको उपचारमा संलगन चिकित्सकले बताए ।
सदायलाई कोरोनाको लक्ष्ण देखिएकोले कोरोनाको कारण मृत्यु भएको आशंका गरिको छ । कोरोना जाँचको लागी स्वाव संकलन गरि परिक्षण्को लागी जिल्ला अस्पताल सिरहा पठाउने तयारि भइरहेको गोलबजार स्वास्थ्य शाखा प्रमुख ‘सरोज कर्णले जनाएको छ ।
उनका श्रीमती, दुई छोराहरु रहेका छन् ।