गमक पोष्ट समाचारदाता / सिरहा, ३ बैशाख । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दिनदेखि गरेको तालाबन्दी अझैसम्म कायम रहँदा सेवाग्राहीहरु मारमा परेका छन् ।
लामो समयदेखि नगरपालिकामा तालाबन्दीहुँदा सेवाग्राहीमात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण काम ठप्प हुँदा स्थानीयहरु चिन्तित बनेका हुन् । नगरपालिका काकार्यवाहक मेयर रोहिणी कुमारी यादवर निमित्त प्रमुख प्रशासकीय अधिकृतकोे मिलेमत्तोमा व्यापक अनियमिता भएको भन्दै १२ वटा वडा रहेको नगरपालिकामध्ये ९ वटा वडा अध्यक्ष, तीन कार्यपालिका सदस्य र ५ जना सदस्यहरुले तालावन्दि गरेकाहुन् ।
नगरपालिका ३ नम्वर वडा अध्यक्षअशोक मण्डलले मेयर र प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजनाहरू कमिसनको खेलमा नजीकका मानिसहरुलाई जिम्मादिई स्वईच्छाले बजेट संचालन गरेकोले तालाबन्दी गर्न वाध्यभएको आरोप लगाए ।
आन्दोलनकारीहरुले नगरस्तरीय योजना कार्यपालिकाको निर्णय बमोजिमहुनुपर्ने, ठेक्कापट्टा पारदर्शि हुनुपर्ने, नगरस्तरीय योजना संचालनगर्दा सम्बन्धित वडाअध्यक्ष जानकारी हुनुपर्ने, वृद्ध भत्ता, वालपोषण लगायतको भत्ता अविलम्ब वितरण गर्नुपर्ने लगायत ११ बुँदे मागसहित तालाबन्दी गरेका हुन् ।
नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डल यसअघि नै अनियमितताको आरोपमा निलम्वनमा परेका छन् ।