गमक पोष्ट समाचारदाता / सिरहा, ३ बैशाख । फरक फरक ठाउँमा चट्याङ्ग लागेर तीन जनाको मृत्यु भएको छ । गएराती लागेको चट्याङ्गलागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको मृत्यु भएको हो ।

चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका २ सिलेका ४५ वर्षिय खिमलाल कँडेलको मृत्यु भएकोको प्रहरीले जनाएको छ ।

उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो । प्रहरीका अनुसार गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो ।
यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका ५ मा पनि चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ। घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षिय ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका ८ निगुरेमा ६० वर्षीया मनमाया राईको पनि चट्याङ्ग लागेर मृत्यु भएको छ ।

उनलाई पनि घरमै बसिरहेका बेला चट्याङ्ग लागेको बताइएको छ ।