गमक पोष्ट समाचारदाता / बारा, २ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उप महानगरपालिलका १६ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राती बालगंगा पुल नजिक ना.२७ प ६३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिराहाको सिराहा नगरपालिका ७ का ३९ वर्षीय सशी कान्त झा र नुवाकोटको बिदुर गाउँपालिका ७ का ३९ वर्षका सानु काजी चित्रकार मृत्यु भएको हो ।
निजगढबाट पथलैया तर्फ जादै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार झा र चित्रकार को मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिरहाका झा राष्ट्रिय अनुसन्धान विभाग वागती प्रदेश कार्यालय हेटौँडाका विभागका सूचक (हवल्दार) पदमा कार्यरत थिए भने चित्रकार सहायक सूचक (सिपाही) पदमा कार्यरत थिए।

दुर्घटनामा परि गम्भीर घाइते भएका झाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा र चित्रकारको उपचारको क्रममा वीरञ्जको गण्डक अस्पतालमा बिहीबार बिहान सवा १ बजे मृत्यु भएको बाराका प्रहरी प्रबक्ता तगा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।