गमक पोष्ट समाचारदाता/ काठमाडौं, २ बैशाख । आउँदो ६ र ७ गते बालबालिकालाई भिटामिन एु तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
कोभिड १९ को जोखिम उच्च रहेको अवस्थामा ६ महिना देखि वर्ष मुनीका बालबालिकालाई भिटामिन एु क्याप्सुल तथा एक वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, मास्कको सही तरिकाले प्रयोग गर्न तथा साबुनपानीले पटकपटक हात धुन तथा स्यानिटाइजरले हात सफा गर्न अनुरोध गरेको छ।

बालबालिकालाई कोरोनाको सङ्क्रमणबाट जोगाउन स्वास्थ्य सुरक्षा अपनाएर सावधानीका साथ नजिकको वितरण केन्द्रसम्म लैजान पनि मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । पछिल्ला दिनहरुमा बालबालिकामा कोरोना सङ्क्रमण बढी देखिएकाले मन्त्रालयले अभिभावकलाई सचेत गराएको हो ।                                                                फाइल फोटो